कोरोना भ्याक्सिन समयमै निःशुल्क लगाईने : अर्थमन्त्री पौडेल

काठमाडौं / कोरोना भ्याक्सिन समयमै ल्याएर निःशुल्क रुपमा वितरण गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीहरुसँग भेट गर्दै अर्थमन्त्री पौडेलले भ्याक्सिजको आयातमा स्रोत अभाव हुने र त्यसमा नागरिकको दायित्व नरहने बताएका हुन् ।

पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरीनै कोरोना भ्याक्सिनमा समेत खर्च राज्यले व्यहोर्ने बताए ।  उनले विश्वमा सफल परीक्षण भएका भ्याक्सिन ल्याउनेबारे कुटनीतिक संवाद थालिसकेको समेत बताए ।

‘ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात हुन्छ । यसका लागि हामीले कुटनीतिक संवाद जारी राखेका छौं । भ्याक्सिनको आयातका लागि तयार भएर बस्छौं’ पौडेलले भने ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका व्यक्तिहरु  र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहने उनको भनाई थियो ।

पौडेलले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागिपरेको समेत बताए । ‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छु,’ पौडेलले भने ।

Facebook Comments Box

                     

अरुपनि