प्रदेश १ मा ११२ डिस्चार्ज, ५३ संक्रमित थपिए

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ ।प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहवीमा १–१, झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्वायक र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १४० पुगेको छ ।
प्रदेश १ मा आज ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख २ हजार ३९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता