अमेरिकाले कोरोना विरुद्धकाे खोप लगाउन भोलिदेखि सुरु गर्ने

काठमाण्डाै / अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै भोलिदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।
फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।
सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने अपेक्षा गरिएको छ । यसअघि बेलायतमा यो खोपलाई स्वीकृति दिएसँगै खोप लगाउने कार्य सुरु भइसकेको छ भने क्यानडाले पनि स्वीकृति दिइसकेको छ ।
अरुपनि
विप्लव समूहसँग छिट्टै सहमति हुने प्रम ओलीको भनाई
दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताउनु भएको छ । आइतबार झापाको दमकमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री
सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेकाे पूर्वराष्ट्रपति यादवकाे भनाइ
जनकपुर / पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका
प्रधानमन्त्री ओली १६ गते झापा आउँदै, औधोगिक क्लिनपार्कको सिलान्यास गर्ने
दमक/ प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनु हुने भएको छ । संसद विघटन गरेपछि पहिलो पटक प्रम ओली गृह जिल्ला आउन लाग्नु भएको
पहिलो पाईला दमकद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का,
आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै
दमक। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु