मन्त्री योगेशले आफूलाई आएको रकम नागरिकको काेराेनाे बिमामा खर्चिए

ताप्लेजुङ/ संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त भुक्तानी रकम सर्वसाधारणमा खर्च गरेका छन् । मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३०० जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको स्वकीय सचिवालयले सोबारे जानकारी गराएको छ ।

मन्त्री भट्टराई कोरोना भाइरस संक्रमित भइ हाल संक्रमणमुक्त भइसकेका छन् ।
त्यसो त मन्त्री भट्टराईले यसअघि पनि आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए ।

Facebook Comments Box

                     

अरुपनि