प्याराग्लाइडिङ खस्दा पाईलटकाे मृत्युु, यात्रु गम्भीर घाइते

पोखरा / पोखरामा प्याराग्लाइडिङ खस्दा प्याराग्लाइडिङका पाइलटको मृत्यु भएकाे छ । त्यस्तै यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको थियो। प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको उपचारको लागि मेट्रोमा लगिएको प्रहरीले जानकारी दिएकाे छ ।

Facebook Comments Box

                     

अरुपनि