दमक १ का भण्डारीले आफनै श्रीमतीको गरे हत्या

दमक/ झापा दमक १ का चुडामणि भण्डारीले आफनै श्रीमतिलाई धारिलो हत्यार प्रहार गरि हत्या गरेका छन् ।

आज साझ कमल गाउपालिका ६ स्थित आफनो खेतीबारिमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी अाफ्नै श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतका अनुसार हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको र

भण्डारीले के कति कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने बारे थप अनुसन्धान भइरहेको छ ।

यद्यपी घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन् ।

Facebook Comments Box

                     

अरुपनि