गरिब देशहरुलाई पहिले कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ, फ्रान्स राष्ट्रपति इम्यानुअल म्याक्रों

एजेन्सी /फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कम आय भएका देशलाई सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने बताएका छन्।

शनिबार जी– २० सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोंले विश्वका ठूला अर्थव्यवस्था भएका देशहरुले कम आय भएका देशमा सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन प्रयास गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘जी– २० देश कोरोनाविरुद्ध स्वस्थ्य खोप बनाउन सक्षम छन्। त्यसैले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि त्यो सबैभन्दा पहिले कम  विकसित देशमा पुर्‍याउने एउटा प्रणाली विकास गरिनुपर्छ भन्ने मेरो सल्लाह छ।’

विश्वका प्रमुख अर्थव्यवस्था भएका २० देशहरुको  दुई दिने  सम्मेलन ‘जी– २०’ को आयोजना भर्चुअल रुपमा सउदी अरबको रियादमा शनिबारदेखि सुरु भएको छ।

Facebook Comments

                     

अरुपनि