बस दुर्घटनामा ८ काे मृत्यु २९ बढी घाईते
२०७७ कार्तिक २८, शुक्रबार ०६:०६

धनगढी / बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गयराति बस दुर्घटना भएको छ ।
दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले जनाएका छन् ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक बिहिवार राति करिब साढे १० बजेतिर सडकबाट खसेको उनले बताए ।
दुर्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए ।
‘अहिले स्थानीय र प्रहरीको टालीले उद्धार कार्य गरिरहेको छ । घाइतेलाई डडेल्धुरा अस्पताल पठाउँदैछौ’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।
Facebook Comments Box
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता