दमकमा काेराेनाका कारण एक महिलाकाे मृत्यु 

दमक/झापा दमक निवासी एक महिलाको अाज कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा दमक ६ की ४५ बर्षिया एक महिलाको अाज करिब ६ बजे मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुबेर भट्टराइका अनुसार ति महिलामा हिजो मात्रै कोरोना पोजिटिभ भएको रिपोर्ट आएको र उपचारका लागि आज अस्पताल पुर्याए पनि उनको मृत्यु भएको जनाइएको छ ।

दमकमा हाल सम्म ६९१ जनामा संक्रमण देखिएको छ भने ३६६ जना उपचार पछि घर फर्किएका छन ।

Facebook Comments Box

                     

अरुपनि