लाखौँ मूल्यको बराबरको पटाकासहित चन्द्रागिरि नागढुङ्गमा एक पक्राउ

काठमाडौं, / महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले मंगलबार  ५९,९०० थान पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका स्थित नागढुङ्गा चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले सर्लाही जिल्लाको मंलङ्गवाबाट काठमाडाैं आउँदै गरेको ना ५ ख २७७० नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त पटाकासहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बसको पछाडिको डिकिमा सेतो ४ वटा बोरामा लुकाई छिपाई ल्याएको पटाका जम्मा ५४,६०० (चाैहुन्न हजार छ सय) थान बिष्फोटक पदार्थ पटाका सहित यात्रुवाहक बसका सहचालक जिल्ला सर्लाही बरहथवा नगरपालिका वडा नं. ३ घर बताउने बर्ष २४ को बिक्रम शेखलाई पक्राउ गरिएको बताए ।

उनले ल्याएको बिग लेखिएको बिष्फोटक पदार्थ पटाका जम्मा ३०० (तीन सय) थान र रोल क्याप लेखिएको बिष्फोटक पदार्थ ५००० रोल (पाँच हजार) रोल छन् ।

बरामद गरीएको पटकाको अबैध बजार मुल्य अनुमानित रू ३ लाख रहेको थानकोट प्रहरी प्रमुख श्रेष्ठले बताए । थानकोट प्रहरीले पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि