नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्ः मन्त्री यादव
काठमाडौं /स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक विशेष साक्षात्कारमा बाल्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य सेवा धान्ने भनेको नै निजी चिकित्सक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आउने दिनमा यसलाई सुधार गर्नुपर्छ ।’ मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनप्रति सरकार गम्भीर भएको भन्दै सेवामा फर्कन आग्रह समेत गर्नुभयो ।
उहाँले चिकित्सकसंग यसअघि गरिएको सहमति नै कार्यान्वयन हुदा चिकित्सकले आन्दोलन गरेको आरोप पनि लगाए । समायोजनको बिषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सहजीकरण मात्र गर्नसक्ने उहाँको भनाइ थियो । उहाँले आन्दोलनरत चिकित्सकहरुलाई संविधान पढ्नसमेत आग्रह गर्नुभयो ।
उहाँले विगतमा सरकारी चिकित्सकहरुले आफूहरु स्वास्थ्य ऐनअन्तर्गत रहन्छौं र संघीय निजामती ऐन मान्दैनौं भनेर किन नभनेको भन्दै प्रश्नसमेत तेर्साउनुभयो । उहाँले भन्नुभयो, ‘संघीय निजामती ऐनअन्तर्गत फारामपनि भर्नुभयो, मैले अघि त्यही कुरा सोध्न लगाएको हुँ । जुन ऐनअन्तर्गत तपाईले फाराम भर्नुहुन्छ भने त्यो ऐनअन्तर्गत जाने कि नजाने ? म टेक्निकल व्यक्ति छु भनेर हुँदैन् । पहिले संविधान पढ्नुहोस् । नेपालमा हामी जहाँ बसिरहेका छौं, त्यहाँको के कानून छ ? अहिले ७६१ वटा सरकार छन् ।’
सरकारी चिकित्सकहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै मन्त्री यादवले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले जहिलेपनि आफ्नो काम गरिरहेको छ । गोदानसँग भएको सम्झौता हेर्नुहोस्, हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेछ, लेखि पठाउनेछ भनेर सहमति गरिएको छ ।’
सरकारी चिकित्सकहरुले नेपाल मेडिकल एशोसिएशनलाई गुहार्नु भनेको उनीहरुको अपरिपक्वता भएको पनि मन्त्री यादको आरोप छ । उहाँले भन्नुभयोे, ‘म आँफै गोदानका चार वटा डाक्टरहरुलाई लिएर संघीय मामिलामन्त्री लालबाबु पण्डितको घरमा पुगें, मेरो मन्त्रालयका सचिवलाई पनि साथै लिएर गएको थिएँ । उहाँरुसँग डिसिजन गर्ने क्षमता त हुनुपर्छ ।’
अहिलेसम्म चिकित्सकहरुले खाईपाई आइरहेको सेवा तथा सुविधा र वृद्धि विकास कम नहुने विश्वास मन्त्री पण्डितले दिलाएको उहाँले सुनाउनुभयो । उहाँले चिकित्सकहरु संघीय सरकार अन्तर्गत भर्ना भएपनि संविधानअनुसार तीन तहमा जान गार्हाे नमान्न पनि आग्रह गर्नुभयो ।
मन्त्री यादवले विराटनगर, विरगञ्ज, डडेलधुरा, नेपालगञ्ज र भरतपुर अस्पताललाई पाँच सय बेड बनाउन लागिएको पनि उहाँले जनाउनुभयो । उहाँले अब सरकारी अस्पतालमा सुधारको संकेतहरु देखा परेको पनि दाबी गर्नुभयो ।
त्यस्तै मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनको असर सरकारी अस्पतालमा नपरेको दाबी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले त हिजोमात्रै थापालीस्थित् प्रसुति गृहमा पुगेर चिकित्सक को–को अनुपस्थित् छन् भनेर सोध्दा कोही पनि अनुपस्थित् भएको पाइएन् । हामीले अस्पतालको निरन्तर अनुगमन गरिरहेका छौं ।’
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता