दमक हलुका सवारीकाे छैठौं अधिवेशन सम्पन्न ! नयाँ नेतृत्व चयन

दमक / नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगरसमितिको छैठौ अधिबेशन इलामको चुलाचुलीस्थित चपेटीमा साेमबार सम्पन्न भएकाे छ ।

दमक हलुका सवारीकाे छैठौ अधिबेशनबाट हलुका सवारीका प्रेम श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीयकाे नयाँ कार्यसमिति चयन भएको हो ।
साे कार्यसमिति सर्वसम्मतले भएकाे हाे ।
सर्वसम्मत निर्वाचित समितिका पदाधिकारीहरुमा अध्यक्षमा प्रेम श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष्मा भिम लिम्बु,उपाध्यक्षमा दिपक खतिवडा, सचिबमा तुलसी प्रसाद दहाल (प्रितम ) ,कोषाध्यक्षमा दिनेश भट्टराई, सहसचिवमा भवानी पाण्डे (हरि ) र सदस्यहरुमा कमल राई , ज्ञानु भण्डारी,देबेन्द्र धिमाल ,डिल्ली प्रसाद अधिकारी ,बिष्णु खड्का (राजु ) ,प्रकाश धिमाल ,विष्णु प्रसाद भट्टराई ,विन्द्र श्रेष्ठ र तुलसी डाँगी निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद महेन्द्र कुमारी लिम्बू रहेकाे अधिबेशनको उद्घाटन कार्यक्रममा हलुका सवारीका बिभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुरयाँएको भन्दै दमकको सप्तरङ्गी एफएमका प्रवन्ध निर्देशक पत्रकार गिरीराज भट्टराईलाई सम्मान गरिएको थियो ।
अधिबेशनको वन्दसत्रमा हलुका सवारीका समितिद्धारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।
उक्त कार्यक्रममा कांग्रेस सम्बद्ध चिया मजदुर युनियनका अध्यक्ष दिपक तामाङ्ग,महासमिति सदस्यहरु शुरेस सुब्बा, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, शेरवहादुर भट्टराई,दिलबहादुर वुढाथोकी,महाधिबेशन प्रतिनिधिहरु घनेन्द्र राज योङया,रेगिना भट्टराई प्रसाइ, दमक खाने पानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रोशन गौतम, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाई, कांग्रेस नगर सभापति रोशन विष्ट ,यातायात मजदुर संघका जिल्ला तथा केन्द्रीय प्रतिनिधिहरु ,हलुका सवारी चालक समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको र कार्यक्रम संचालन भने गणेश प्रसाद गाैतमले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि