दमककाे अाम्दा अस्पताल अाज बाट ३ दिनका लागी बन्द

दमक/ झापाको दमकमा रहेको आम्दा अस्पताल आज बाट ३ दिनका लागी बन्द रहने भएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछी अस्पताल बन्द गरिएको अस्पतालले जनाएको हो ।

यसअघि आम्दाका धेरै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको थियो । उनिहरुको सम्पर्कमा आएकाहरुको कनट्याक ट्रेसिङका लागी अस्पताल बन्द गरिएको हो ।

सबै कर्मचारीको रिर्पोट नआए सम्म अस्पताल बन्द गर्ने निर्णय भएको अस्पतालले बिज्ञप्ती मार्फत जानकारी दिईएकाे हाे ।

Facebook Comments Box

                     

अरुपनि