पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ काेराेना संक्रमित पुष्टि, काेराेनाका कारण १८ जनाकाे मृत्यु
पछिल्लो २४ घण्टामा उपत्यकामा २१ सय २९ सहित २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २ हजार १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्।
गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्।
मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।
मंगलबार १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।
हाल सम्म मनाङ जिल्ला बाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
अरुपनि
भाेलीबाट बिधालय बन्द गर्नु पर्ने नत्र लकडाउनकाे घाेषणा गर्ने : डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
कोरोना संक्रमितकाे संख्या एक्कासि यसरी बढ्याे
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६०
धुलिखेल अस्पतालमा काेराेनाका कारण एक पुरुषकाे मृत्यु
काभ्रेपलाञ्चोक / निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा