जनता समाजवादी पार्टीको भातृ संगठनको नाममा अराजक गतिविधी भएको दुई नेताको दावी
दमक / झापा जिल्लामा जनता समाजवादी पार्टीको भातृ संगठनका नाममा अराजक गतिविधी भएको भन्दै आज दुई युवा नेताले पत्रकार सम्मेलन मार्फत विरोध जनाएका छन् । तात्कालिक संघीय समाजवादी पार्टी निकट युवा संगठन समाजवादी युवा फोरमका जिल्ला अध्यक्ष खेम दहाल र नयाँ शक्ति पार्टी निकट युवा संगठन युवा शक्ति नेपालका जिल्ला उपाध्यक्ष प्रज्वल भण्डारीले दमकमा पत्रकार सम्मलेलन गरी विरोध जनाएका हुन् । पत्रकार सम्मेलनमा दहालले आधिकारीक जनवर्गिय संगठन हुँदाहुँदै जनता समाजवादी पार्टी निकट युवा संगठनबाट अराजक गतिविधी भएको उल्लेख गर्नुभयो । उहाँले आधिकारीक जनवर्गिय संगठन हुँदाहुँदै जनता समाजवादी युवा निकटले गर्ने भनिएको बाइक र्याली भनिएकोले बाईक र्याली गर्ने जनता समाजवादीको आधिकारीक संगठन नभएको दाबी गर्नु भयो । त्यस्तै भण्डारीले भातृ संगठन समायोजन नभएकाले आँफूहरु नै आधिकारीक भएको भन्दै केहिले पार्टीको नियम विधी र प्रक्रिया भन्दा बाहिर गएर गतिविधी गरेको दावी गर्नु भयो । दुबै जनाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, २२ गते भष्टाचार र वेथिति विरुद्ध झापा जिल्लामा मोटरसाइकल र्याली गर्ने भनिएको सुन्नमा आएको छ । बर्तमान राजनैतिक परिस्थितीमा ओली सरकारको भ्रष्टचारी कदम विरुद्ध विरोध र खबरदारी हुनु स्वभाविक र स्वागतयोग्य कुरो भएपनि समाजवादी युवा फोरम झापा र पूर्व युवा शक्ति नेपाल झापालाई नै जानकारी नभएको विरोध कार्यक्रम गर्नु आँफैमा गैह्र जिम्मेवार क्रियाकलापको पराकाष्टा हो । पत्रकार सम्मेलनमा राष्ट्रिय जनता पार्टी दमक नगर सभापति चन्द्र राजवंशी, संघीय समाजवादी युवा फोरम नगर अध्यक्ष देव बहादुर भुजेल लगायत जिल्लाका अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता