दमक नगरपालिका प्रमुख अाेलीमा काेराेना पुष्टि, अतिअावश्यक काम बाहेक ४ दिन सेवा बन्द

दमक / झापाको दमक नगरपालिकाका नगर प्रमुख राेमनाथ ओलीलाई काेराेना संक्रमण पुष्टि भएपछि भाेलि बाट ४ दिनका लागि नगरपालिकामा अति अावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने भएको छ ।

दमक नगर प्रमुख अाेलीमा साेमबार काेराेना पुष्टि भएको हाे । यस्तै दमक १० का वार्ड अध्यक्ष बाेधराज न्याैपानेलाई समेत संक्रमण देखिएको छ । मेयर ओलीकी श्रीमती लिलामा हिजो संक्रमण देखिएको थियोे । पदाधिकारीलाई काेराेना देखिएपछी दमक नगरपालिका कर्मचारीहरुकाे समे कन्ट्याक्ट ट्रेसिङ्ग गरि नमुना परिक्षणका लागि सबै वार्ड कार्यालय असाेज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

Facebook Comments Box

                     

अरुपनि