मदन भण्डारी स्मृति प्रतिष्ठानका कर्मचारी दाहाल यस्ताे अवश्थामा मृत भेटिए

दमक/ झापाको दमक ८ मा रहेकाे मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत एक कर्मचारी अाज अपरान्ह मृत फेला परेका छन ।

प्रतिष्ठानमा कार्यरत कर्मचारी अन्दाजी ४० बर्षिय मुक्तिनाथ दाहाल अाज दिउँसो एक बजे मृत भेटिएको खबर प्रहरीमा आएपछि प्रहरी काे टाेली घटना स्थल तर्फ गएकाे हाे ।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीका अनुसार दाहाल प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको र

उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको डिएसपी पण्डितले जनाइएका छन् ।

Facebook Comments Box

                     

अरुपनि