ताप्लेजुङ एकै परिवारका तीन जना माथि हत्यार पहार
ताप्लेजुङ / ताप्लेजुङ जिल्ला सिरीजंघा ८ मा गए राति एक युवाले एकै परिवारका माथि धारिलाे हत्यार पहार गरेका छन् ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथी धारीलो हतियार प्रहार गरेका छन् ।
स्थानिय २२ वर्षीया लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलीआमा फुटी भोटे, ठुलोबुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र अर्काछोरा १८ वर्षिय छिरिङ भोटेलाई मध्यराती टाउको र गर्धनमा बाम्फोक प्रहार गरेको र उनीहरुको अवस्था गम्भिर रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए ।
गम्भिर घाईते तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भईरहेको र गम्भिर घाईते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईले बताए । सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो ।
बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खाजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रहरी चौकी याम्फुदिनका असईको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्रहरी चोकी तेल्लोकवाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए ।
घटनास्थल ईलाका प्रहरी कार्यालय तेल्लोकबाट ८ घण्टाको पैदल दुरीमा पर्छ । घटनाको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता