दमकमा अाज एकै दिन १४ जनामा काेराेना पुष्टि

दमक / झापा दमकमा अाज एकै दिन १४ जनाम काेराेना संक्रमित पुष्टि भएका छन् ।

दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुबेर भट्टराईका अनुसार असोज २ गते गरिएका १४० जनाकाे स्वाब संकलन गरी वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्थित पठाइएकोमा आज प्राप्त १४० जनाको रिपोर्ट अनुसार कन्ट्याक ट्रेसिङ्ग मार्फत १० जनामा ८, १८, २५, ३६, ५२, ७०, वर्षिय ६ पुरुष, १७, ३५, ४४, ५६ बर्षिय ४ महिला र अग्रपंक्तिका २ जना स्वास्थ्यकर्मी २९ बर्षिय महिला र ४० बर्षिय पुरुष, शंकास्पद विरामी २ जना २७ बर्षिय महिला र ७६ बर्षिय पुरुषमा पि.सि.आर. परीक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिएको र बाँकी १२६ जनाको
रिपोर्ट नेगेटिभ आएको र निजहरुको अवस्था सामान्य रहेको छ ।

Facebook Comments Box

                     

अरुपनि