शिवसताक्षीमा एकै परिवारका ५ जनामा काेराेना पुष्टि

शिवसताक्षी / झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. ६ का एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 काेराेना पुष्टि हुनेमा ९ वर्षीय, ३८ वर्षीय,३९ वर्षीय पुरुष र ६ वर्षीय र २८ वर्षीय महिला रहेकाे सतासी प्रा.वि. क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जनाकारी दिए ।

हालसम्म वडा नं. ६ मा मात्र ११ जना गरि शिवसताक्षी नगरपालिकामा २६ जना काेराेना संक्रमित पुगेका छन् ।

Facebook Comments Box

                     

अरुपनि