मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ सय २१ काेराेना संक्रमितपुष्टि १४ जनाकाे मृत्यु

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आइतबारकाे नियमित कोभिड १९ काे प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा १२ सय २१ संक्रमित फेला परेको र १४ जनाकाे मृत्यु भएकाे जनाएको हो ।

प्रवक्ता डा.जागेश्वर गाैतमका अनुसार हाल सम्म काेराेना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ भने काेराेना बाट मृत्युु हुनेकाे संख्या २२१पुगेकाे छ ।

२४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए । उनका अनुसार आइतबारसम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ ।

गएकाे २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन् । २४ घन्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जनाए ।

Facebook Comments Box

                     

अरुपनि