करेट लागेर दमकमा १ जनाकाे मृत्यु

दमक / झापाकाे दमकमा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

दमक नगरपालिका १ मा बसाेबास गर्न ईलामको साक्फारा घर भएका २८ बर्षीय रोशन तामाङको गये राति करेन्ट लागेर मृत्यु भएको हो ।

साेमबार राती ९ बजे घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा उनी घाईते भएका थिए । उनलाई उपचारका लागि एडभान्स अस्पताल दमक लगिएको र तामाङकाे उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । सो घटनाकाे बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि