एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १४ जनाको मृत्युु

एजेन्सी / शुक्रबार एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको हो ।

मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए जसमा १ सय ७४ जना यात्रु (१० बच्चा) समेत रहेका थिए । जहाज दुई टुक्रा भएको छ ।

इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ । त्यस्तै भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ

Facebook Comments Box

                     

अरुपनि