इटहरीमा २५ मा काेराेना संक्रमण पुष्टि

इटहरी / हाल सम्म सुनसरीकाे इटहरीमा २५ जना काेराेना संक्रमण पुष्टि भएकाे छ ।

हाल सम्म ईटहरीमा गरिएकाे परिक्षामा २५ जनामा संक्रमण देखिएकाे हाे ।

काेराेना संक्रमित मध्ये १५ जना भने उपचार पछि घर फर्किसकेका छन् । आज इटहरीमा २ जनामा संक्रमण देखिएकाे बताइएकाे छ । इटहरी उपमहानगरपालिकाका वारूणयन्त्र चालक र इटहरी ५ का एक २७ वर्षीय युवकमा पनि संक्रमण देखिएकाे छ ।

इटहरीमा पछिल्लाे समय समुदायमा संक्रमण देखिन थालेकाे छ । लामाे यात्रा विवरण नभएकामा संक्रमण देखिन थाले पछि समुदायमा फैलिएकाे अनुमान गर्न थालिएकाे छ । संक्रमण फैलिन नदिने उदेश्यले इटहरीमा वुधबार देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन गरिएकाे छ । साथै उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाहि पुर्ण रुपमा बन्द गरिएकाे छ ।

Facebook Comments Box

                     

अरुपनि