धरानमा अाज राति १२ बजे बाट एक हप्ता ‘पुर्ण लकडाउन’

धरान / धरान उपमहानगरपालिकामा पनि बुधबार राति १२ बजे बाट एक हप्ता लामाे पुर्ण लकडाउन गरिने भएकाे छ ।

समुदाय स्तरमै कोरोना फैलिएको भन्दै आज राति १२ बजे देखि लागु हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको हाे ।नगर कार्यपालिकाको बैठकले राति १२ बजे देखि साउन २९ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक र औषधी पसल बाहेक सबै बन्द गर्ने निर्णय भएको बताइएकाे छ । यस अघि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लकडाउन हुने गरेकाे थियाे । अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । २८ जना मध्ये ९ जना समुदायका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।

Facebook Comments Box

                     

अरुपनि