विर्तामोड नगरपालिकामा लकडाउन घाेषणा

बिर्तामोड / सरकारले लगाएकाे लकडाउनकाे लामाे समय पछि जनतामा परेकाे कष्टकर दैनिकीलाई सहजीकरण गर्दै लकडाउन खाेले संगसंग

कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएका कारण झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी लकडाउनको गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए । बिर्तामोडमा संक्रमितसँगकाे ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुनेछ ।

Facebook Comments Box

                     

अरुपनि