सञ्जेललाई पिट्ने २ महिला कर्मचारीहरू माथि अभद्रकाे मुद्दा
विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कु,ट,पि,ट गरेको आरोपमा पक्राउ परेका जना महिला कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।
आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे भ्रष्टाचार विरोधी अभियान्ता सञ्जेललाई कुट,पिट गरेका थिए ।
सञ्जेललाई कुट,पिट गरेको आरोपमा पक्राउ परेका कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दा मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । घटनामा मिलापत्र गर्न सञ्जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको हो ।
शनिबार साँझसम्म दुबै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो । सञ्जेलले आफूमाथि कुट,पिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेपछि प्रहरीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिए ।
सञ्जेललाई कुट,पिट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अ,पशब्द बोलेर दु,व्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुट,पिट गरेका थिए ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट