सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा ९९ हजार ६०० पुग्यो

काठमाडौं / साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । 
आइतबार पनि छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनकाे मूल्य ताेलामा ९९ हजार ३०० रहेकाे थियो ।
यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै चाँदी पनि १२३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । 

Facebook Comments Box

                     

अरुपनि