सरकार पुन देशभर लकडाउन गर्ने तयारी गर्दै
काठमाडौँ / देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकार फेरि लकडाउनतर्फ उन्मुख भएको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ । स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको स्रोतले जानकारी दिएको छ ।
विराटनगर महानगरपालिकामा दुई हप्ता लकडाउन घोषणा भइसकेको छ । वीरगञ्ज महानगरपालिकामा पनि कडाई गरिएको छ । काठमाडौं उपत्यकामा राति प्रवेशमा कडाई गरिएको छ । अब उपत्यकामा कोरोना संक्रमण फैलिन थालेपछि लकडाउनको तयारी भएको बुझिएको छ । उपत्यकामा दिनहुँजसो संक्रमितको संख्या बढेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण खतरनाक देखिएको छ । बितेको २४ घन्टामा चार जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जोखिम बढेको छ । यसलाई दृष्टिगत गरी सरकारमाथि रोकथामको उपाय अबलम्बन गरी लकडाउन फेरि गर्न दबाब बढेको हो ।
यसअघि आपूर्तिमन्त्री लेखराज भट्टले रिपोर्टर्स क्लब नेपालमा बोल्दै जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइने खुलाएका थिए । उनले भनेजस्तै सकरारले देशैभर लकडाउन नगरेपनि निश्चित स्थानमा जोखिमलाई दृष्टिगत गरी लकडाउन गर्ने नीति बनाइसकेको छ ।
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ । यसलाई मध्येनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको स्रोतले जनाएको छ । संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ। परिस्थिति अझेँ खराब हुँदै गएमा पुन लकडाउन गरिने जनाइएको छ ।
देशका विरगन्ज, पर्सा लगाएत उपत्यकामै संक्रमणको खतरा बढेको छ । कोरोना विशेष अस्पतालहरुमा बिरामीका लागि थप ठाउँ समेत उलब्ध छैन । कतिपय संक्रमित घरमै बसेर उपतार गर्न बाध्य छन् । यसले उनीहरुका परिवार सदस्यलगाएत अन्य मानिसमा जोखि पैदा गराएको छ । वीरगैजको कोरोना विषेश अस्पतालमा बिरामी नअटाउदा थप स्थानको खोजी समेत भइरहेको छ । चिकित्सकको एक टोली गएर त्यहाँको परिस्थितिबारे छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता