दमकमा यात्रुलाई सेनिटाइजर र माक्स बितरण

दमक / ईलाका ट्राफिक प्रहरी कार्यलय दमककाे अायाेजना र जीवन चक्र समाज नेपालकाे सहकार्यमा अाज सवारी चालक, यात्रु तथा पैदल यात्रीहरुलाई माक्स तथा सेनिटाईजर वितरण लगायत सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।

विश्वमा काेराेना भाइरस कोभिड १९ का कारण जनजिवन कष्टकर बनिरहेता पनि हाल नेपालमा सरकारले लकडाउन समाप्तकाे घाेषणा गरेकाे र लगत्तै सडकमा मानिसहरुकाे असुरक्षित चाँप बढेका कारण दमक ट्राफिकले साे सचेतना मुलक कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।

कार्यक्रममा कलरी सेन्स कम्पनीका पुर्वाञ्चल प्रतिनिधि प्रकाश अाचार्य बाट १ सय पिस सेनिटाईजर १ हजार पिस माक्स, दमकका ब्यावसायी कुमार बि.क बाट १ पिस माक्स , बालाजि कस्मेटिक दमकका काैसल अग्रवालबाट २ सय पिस माक्स बितरणका लागी सहयाे भएकाे दमक ट्राफिक प्रमुख शर्माले जानकारी दिनुभयाे ।

सचेतना मुलक कार्यक्रममा अाफ्नाे स्वास्थ्य सुरक्षाका लागी सवारी चालकले अनिवार्य रुपमा माक्स,पञ्जा र सेनिटाइजर प्रयाेग गरेर मात्र यातायात संचालन गर्नपर्ने, यात्रु तथा पैदल यात्रुहरुले पनि अनिवार्य माक्स पञ्जाकाे प्रयाेग गर्नु पर्ने भन्दै दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले सचेत गराउनु भएकाे थियाे ।

Facebook Comments Box

                     

अरुपनि