नेकपाकाे भित्री विवाद, अध्यक्षद्वयले सहमतिमै टुंग्याउने निर्णय
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । शनिबार दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको छ ।’
पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी सहमति जोखिने उनले बताए ।
आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा अध्यक्षद्वयबीच गृहकार्य भइरहेको उल्लेख गर्दै उनले विवाद समाधानका गरी पार्टी एकता सुदृढ बनाउँदै कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा सचिवालयमा छलफल भएको बताए ।
प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको विषय बैठकमा प्रवेश ग-यो की गरेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन । पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको संकट समाधान गर्न र जिम्मवारी पुरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो । त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन् ।’
भोलिका लागि निर्धारत स्थायी कमिटी बैठक बस्ने श्रेष्ठले जानकारी दिए । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नक्सदाख आसर १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ । प्रधामनमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगायतले अडान दिएपछि विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री ओलीले भने दुबै पद नछोड्न अडान राख्दै आएका छन् ।
बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर लागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहेका बेला प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका थिए ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता