सरस्वती श्रेष्ठलाई सामाजिक अभियान्ता सम्झना तामाङ र महिमा लिम्वूकाे टिम द्वारा सहयाेग

दमक,असार २६
/ गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाचिएर घाइते भएकी सरस्वती श्रेष्ठलाई दमकको सामाजिक अभियान्ता सम्झना तामाङ र महिमा लिम्वूको टिमले ५२ हजार रुपैयाँ र सर्जिकल सामान सहयोग गरेको छ ।

पाँचथरको हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट आएको सहयोग हस्तान्तरण गरेको हो । सामाजिक अभियन्ता तामाङको टोलीले आज विरामीको घरमा पुगेर नगद तथा सर्जिकल सामाग्री हस्तान्तरण गरेको हो । बिरामी सरस्वतीले रकम ग्रहण गरेपछि रुदै सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद मेरो अरु उपचारका लागि देश र विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनी आग्रह गर्नु भयो ।
४वर्ष अघि हाङगुमको भीरमा गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाचिएर बिरामी भएकी सरस्वतीको घरमा पुगेर थप उपचारका लागि सहयोग गर्न सामाजिक अभियान्ता सम्झनाको टोलीले केही दिन अघि भिडियो प्रत्यक्ष प्रसारण गर्नु भएको हो ।
पाँचथरको हाङगुम घर भएकी सरस्वतीको घरायसी अवस्था नाजुक र उनका बुवाआमाले दैनिक जनमन गरेर परिवारको गुर्जारा चलाउने गरेको अभियानमा सहभागी सञ्चारकर्मी समेत रहनु भएकी लिम्वूले बताउनु भयो ।
सररस्वतीको लागि आउने जति पनि सहयोग उहाँको परिवारलाई सार्वजानिक रुपमा हस्तान्तरण गर्ने सामाजिक अभियान्ता तामाङले बताउनु भयो । बिरामीको स्याहार सुसार गरी रहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटल सम्म पुराएर उपचार गर्दा २० लाख रुपैया सकिएको र क्रण लागेको गुनासो गर्नु भयो । सरस्वतीको उपचार सफल हुन २५/३० लाख रुपैयाँ लाग्ने भएको जमुनाले बताउनु भयो ।

Facebook Comments Box

                     

अरुपनि