चतराको अर्धमहाकुम्भ मेला उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्यक्रममा स्थगित
काठमाडौं । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने भएका छन् ।
शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर स्थगन भएको हो ।
मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ’, प्रेस संयोजक अधिकारीले अनलाइनखबरसँग भने ।
अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।
यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर, उनले पनि अन्तिममा आएर आफ्नो कार्यक्रम स्थगित गरेको जानकारी आयोजकलाई दिएका छन् । ।
प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।
चतरामा हुन लागेको अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले पनि महत्त्व दिएको छ । उसले यसअघि नै मेलाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट