सेना चढेको बस दुर्घटना हुदा ३० घाइते

कोवासोती / पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ  छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३०  सेना घाइते भएका छन् ।
ना ६ ख ४०४ नंको बस अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। बसमा ४० नेपाली सेना थिए। दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

                     

अरुपनि