घनुषामा बम विस्फोट भएपछिको ताजा अप डेट मृतककाे संख्या ३ पुग्याे

जनकपुर / धनुषाको क्षीरेश्वर नगरपालिका–५ मा शुक्रबार मध्यराती बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

विस्फोटमा मृत्यु हुनेहरुमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह छन्। सख्त घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक आमिर दाहालको उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेहरुको उपचार हुँदै

घटनामा प्रहरीका अर्का एक जवान रिजनाथकुमार महतो पनि सख्त घाइते छन्। राजेश्वरकै १९ वर्षीया छोरी अञ्जली साह र १५ वर्षीय छोरा प्रकाश साहको धरानमा उपचार भइरहेको छ।

Facebook Comments Box

                     

अरुपनि