सताक्षीधाम मन्दिरकाे बालाचतुर्दशीमा संकलित रकमकाे आय व्याय सार्वजानिक

दमक / झापाको शिबसताक्षी ११ मा रहेको सताक्षीधाम मन्दिर विकास समितिले गत मंसिर ९ गते सम्पन्न बालाचतुर्दशी धार्मिक मेलामा संकलित भेटी रकमको आय व्याय सार्वजानिक गरेको छ ।
धार्मिक तथा ऐतिहासिक सताक्षीधाममा सम्पन्न बालाचतुर्दशी धार्मिक मेलामा संकलित आय तर्फको कुल १५ लाख ५९ हजार ३ सय १९ रुपैयाको हिसाव आज सार्वजानि गरिएको हो । यसैगरि सो मेलामा विभिन्न शिर्षकमा २ लाख ७५ हजार ५ सय ५५ रुपैया २१ पैसाको खर्च भएको समिति हिसाब सार्वजानिक गरेको हो । यस वर्षको मेलामा सवै खर्च कटाएर धाम समितिको खातामा १२ लाख ८३ हजार ७ सय ६३ रुपैया ७९ पैसा बचत रहेको समितिका सचिब उदयप्रकाश राईले जानकारी दिनुभयो ।

सो अवसरमा धामका अध्यक्ष प्रसाद सुव्वाले धार्मीक तथा ऐतिहासिक सताक्षीधाम सवैको गौरव भएकोले यसको गरिमा मानै आच आउने काम कसैले पनि गर्नु नहुने बताउनु भयो ।
अध्यक्ष सुव्वाले बर्तमान सरकारको नीतिगत समस्याका कारण केहि समय धामको अधिबेशन तथा नयाँ नेतृत्व चयनमा समेत समस्या भएको बताउनु भयो । उहाँले अब चाँडैनै अधिबेशन तथा नयाँ नेतृत्व चयन गरिने पनि बताउनु भयो ।

Facebook Comments Box

                     

अरुपनि