दमकका टोल टोलमा किटनाशक बिषादी छर्किदै

दमक / झापाको दमकमा जाडोमा समेत भुसुना र मच्छडको माध्यमबाट एक अर्कामा सर्ने डेंगु, औलो रोगको संक्रमण फैलिदै गएपछि दमक नगरपालिकाले किटनाशक बिषादी छर्किन शुरु गरेको छ ।
नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा किटनाशक बिषादी छर्किने टोली वडातहमा परिचालन गरेको हो । नगरका प्रभावित वडा तथा टोलहरुमा एक सातासम्म किटनासक विषादी छर्किने नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए ।
उहाँका अनुसार पहिलो चरणमा स्प्रे ट्याङकी बोकेर १५ जना प्राविधिक टोली टोल टोलमा परिचालित भएका छन् । दमकको सघन बसोबास रहेका वडाहरु वडा नं ५, ६ , ७ र ८ मा प्राविधिक टोली टोलीले घर घरमा पुगेर मच्छड तथा भुसुना मार्ने औषधी डेल्ट्रा मेथ्रिन छर्कन शुरु गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेले वताए । सोमबार नगरपालिकामा एक कार्यक्रम गरि विषादी छर्किने कार्यको निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले शुभारम्भ गरे ।
सो अवसरमा जनस्वास्थ्य कार्यालयका वेदप्रसाद घिमिरे, जिवन चौलागाइँ लगायतले सो किटनाशक बिषादी फगिङ ( धुँवा उडाएर छर्किने ) बिषादी भन्दा स्वास्थ्यमा कम जोखिम हुने किसिमको बिषादी भएको औल्याएका थिए ।

Facebook Comments Box

                     

अरुपनि