घर फर्किने दिन युएईमै अस्ताइन् सुकमाय
युएई / युएईको सारजामा कार्यरत चितवन आप्तारीकी सुकमाया टमाटा अघिल्लो बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् ।
साथीहरुसँग नजिकैको बजारमा दैनिक उपभोग्य सामान लिन गएकी उनी त्यहीँ अचानक बेहोस भएर लडिन् । साथीहरुले उठाएर उनलाई कोठासम्म ल्याए । कोठा ल्याउने क्रममा लिफ्टमा पुनः अचेत बनेपछि साथीहरुले नै अजमानस्थित खलिफा अस्पताल पुर्याए ।
सुकमायाको उपचारमा चिकित्सकले सक्दो प्रयास गरे । तर डिसेम्बर ५ तारिख बिहान चिकित्सकले उनलाई मृत घोषणा गरे ।
चिकित्सकका अनुसार अस्पताल ल्याउँदै गर्दा उनलाई बचाउन सकिने आशा न्यून थियो । मुटुमा गम्भीर समस्याले थलिएकी सुकमायाको हृदयघातका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।
युएईमै कार्यरत उनका भाइ कमल टमाटाले बिहीवारसाँझ खबर पाए । बिहीवार बिहान नेपाल जान तयार भएकी दिदी भम्भीर अवस्थामा अस्तपालमा भएको खबरले निशब्द थिए ।
छिमेकी दाइ मनोज विकको साथमा उनी अस्पतालमा पुगें । बिहीवार साँझ घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफनमा बेरिएको देख्ने साहस कमलसँग थिएन।
आखाँ भरी आँसु पार्दै कमलले सुनाए, ‘घर गएर उपचार गराउने भनेको थियो । तर हामीलाई छोडेर जानुभयो । अब दिदीको कहिल्यै उपचार नहुने भयो।’
२३ वर्षीया कमलाको घरमा श्रीमान र ४ वर्षकी छोरी छिन् । श्रीमान नेपालमै प्लम्बरको काम गर्छन् । २ वर्षअघि उनी रोजगारीका लागि युएई आएकी थिइन् ।
सारजास्थित एक विद्यालयमा हाउसकिपिङ्गको काम गर्थिन् । एक महिनाअघि मात्र घर गएर आएकी थिइन्।
तिहारमा भाइलाई यतै टीका लगाइदिएकी उनले मुटुमा केही समस्या बताएकी थिइन् । कमलका अनुसार यहीँ आएर चेकजाँच गर्दा मुटुमा समस्या रहेको र चाडैँ उपचार गराउन चिकित्सकले सुझाएका थिए ।
युएईमा उपचार गर्दा धेरै खर्च लाग्ने भएकाले उपचारका लागि उनी डिसेम्बर ५ तारिख नेपाल फर्कदै थिइन् । तर अब भौतिक रुपमा कहिल्यै नफर्कने गरी सुकमाया युएईमै अस्ताइन् ।
पोस्टमार्टमपछि उनको शव अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । उनले पाउने सेवासुविधा कार्यरत कम्पनीले उपल्बध गराउने जनाएको छ ।
आवश्यक कागजात पुरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको उनका भाइ कमलले जानकारी दिए ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट