तेह्रौँ सागमा, ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा, कुन देशको कति ?
काठमाडौं /तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।
आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।
यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।
साग पदक तालिका:
देश स्वर्ण कास्य रजत जम्मा
भारत १३१ ७७ ४० २४८
नेपाल ४५ ४४ ७५ १६४
श्रीलङ्का ३४ ६६ ९३ १९३
पाकिस्तान २८ ३४ ४३ १०५
बङ्गलादेश ८ २८ ६६ १०२
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ९ ९
अरुपनि
पाडाजुगिमा ट्रक र माेटरसाईकल दुर्घटना
दमक / झापाकाे कमल गाउपालिका ६ स्थित पाडाजुगी ट्रक र माेटरसाईकल ठाेकिदा दुर्घटना भएकाे छ । कमल गाउपालिका ६ स्थित रबि पेट्रोलपम नजिक अाज साझ
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट