लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तरगत दमकमा अाज सासु—बुहारी मिलान

दमक / ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तरगत झापाको दमक १० मा सासु—बुहारी मिलान कार्यक्रम गरिएको छ ।

गत ९ गतेबाट शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा दमक नगरपालीकाले पनि महिला हरुलाई जागरुक सचेत गराउन प्रत्येक वडामा बिभिन्न कार्यक्रम गरिरहेको छ । सोही अनतरगत आज दमक १०मा सासु बुहारी मिलान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सहजिकरण अधिबक्ता देबीमया निरौलाले गर्नुभएको छ । समाजमा पुरुष हिंशा मात्र नभएर महिला द्धारा महिला माथी पनि बिभिन्न हिंशा भइरहेकोले सासु बुहारी मिलान कार्यक्रमको आयोजना गरिएको वडा सदस्य सितादेबी काफ्लेले बताउनुभयो ।

महिलाहरुमाथि अहिले पनि बलात्कारको सिकार हुँदै बोक्सीको आरोप जस्ता हिंसा अन्त्य हुन नसकेकोले सभ्य समाज निर्माणमा सबै एक जुट हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १०का अध्यक्ष बोधराज न्यौपानेको भनाई छ । त्यसै गरि दमक नगरपालीकाकी महिला तथा बालबालीका शाखा प्रमुख सरिता भण्डारीले जबसम्म महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन सक्दैनन् तबसम्म हिंसाको सिकार बनिरहने भएकोले हरेक महिलाहरु सचेत र आत्मानिर्भर बन्नु जरुरी रहेको बताउनुभयो ।

अभियान अगमी २४ गते मंगलबार बिभिन्न कार्यक्रम गरेर समापन गरिने नगरपालीकाले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि