सुत्केरीको मृत्यु भएपछि हस्पिटल भित्रै झडप
विराटनगर / सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोेवेल शिक्षण अस्पतालमा विरोध प्रदर्शन भएको छ ।
अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । शल्यक्रियामार्फत प्रसूति गराइएकी २९ वर्षीया जानुका श्रेष्ठको मृत्यु भएपछि आइतबार दिउँसोदेखि मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।
चिकित्सकको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप छ । इलामको फिक्कल घर भइ मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दैआएकी श्रेष्ठलाई प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएको थियो ।
अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेतृत्वको टोलीले राति १० बजे शल्यक्रिया गरेर प्रसूति गराएको थियो । पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए ।

‘शल्यक्रिया गरेपछि चार घण्टासम्म चिकित्सकले वास्तै गरेनन् । बिहान २ बजेपछि छोरीको मृत्यु भयो,’ गणेशले भने । सुत्केरीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए । उनीहरुले अहिले पनि शव बुझ्न अस्वीकार गरेका छन् ।
शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । आइतबार अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन् । साँझ प्रदर्शन झन् बाक्लो छ ।
नाराजुलुस गर्दै प्रसूति वार्डतिर हुल बढेपछि रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच झडप समेत भएको छ । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको छ ।
साँझ अवेरसम्मै अस्पताल बाहिर नाराजुलुस र प्रदर्शन जारी छ । लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने, आगामी दिनमा घटना दोहोरिन नहुने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग प्रदर्शनकारीले अघि सारेका छन् ।
साथै माग पूरा नभएसम्म शव अस्पतालमै राख्ने र जिम्मा लिन अस्वीकार गर्ने उनीहरुको अडान छ । शल्यक्रिया र उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको अस्तालको दावी छ । मृतक पक्षले क्षतिपूर्ति वापत सिधै ३० लाख रुपैयाँ माग गरेकाले समाधान ननिस्किएको अस्पताल प्रशासनले जनाएको छ ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट