काेहलपुरमा प्रदर्शनले उग्र रुप लिएपछी लाग्याे कर्फ्यु

बाँके : दुर्घटनाको विषयलाई लिएर विद्यार्थीको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू लगाएको छ । कोहलपुरस्थिर त्रिभुवन माध्यामिक विद्यालयको कक्षा सात अध्ययनरत बालिका प्रगती चन्दको दुबै खुट्टा ट्रकको ठक्करबाट गुमेपछि विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो ।

प्रदर्शन झनै चर्कदै गएपछि प्रहरीले कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको प्रशासन कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक कोहलपुरमा झडप भएको थियो ।

प्रहरीले अनावश्यक बल प्रयोग गरेको प्रदर्शनकारीको आरोप छ । प्रहरीले भने तोडफोड र आगजनी भएपछि स्थिती नियन्त्रणमा लिन बल प्रयोग गरिएको दावी गरेको छ ।

ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते बालिका चन्दलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरवाट काठमाडौं ल्याउने तयारी गरिएको छ । उनको दुबै खुट्टा दुर्घटनामा गुमेको उपचारमा सग्लन चिकित्सकले जानकारी दिएका छन् । बाबुको स्कुटरवाट झरेर स्कुल पुग्नै लाग्दा उनलाई कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि ठक्कर दिएको थियो ।

Facebook Comments Box

                     

अरुपनि