शन बहादुरलाई १ लाख ६ हजार अार्थिक सहयोग
दमक । शन बहादुर तामाङ्ग सहयोग समिति (बचाउन अभियान) दमकले आज एक कार्यक्रमका बीच विरामी शन बहादुरका पिता सिंह बहादुर तामाङ्गलाई १ लाख ६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
सहयोग समितिले पत्रकार मञ्च दमकमा आयोजित कार्यक्रममा ७५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो । शन बहादुर तामाङ्ग सहयोग समितिका संयोजक सम्झना तामाङ्गले सो रकम विरामीका बुवा सिंह बहादुरलाई हस्तान्तरण गरिएको हो ।
सोही कार्यक्रममा तामाङ्ग समुदायको दमक ९मा रहेको साझा संस्थाले पनि ३१ हजार रुपैयाँ प्रदान गरेको छ । नामग्याल कुछे जिन्लब बौद्ध गुम्वा दमक ९ का अध्यक्ष पदम बहादुर तामाङ्गले शन बहादुरका बुवालाई प्रदान गर्नु भएको हो । दुवै संस्थाले जम्मा १ लाख ६ हजार रुपैयाँ प्रदान गरेको छ ।
झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ वर्षीय शनबहादुर तामाङको उपचारका लागि सहयोगको आब्हान गरेर स्वदेश तथा विदेशबाट मंसिर १९ गतसम्म संकलन गरेको रकम उहाँका पिता सिंहबहादुरलाई प्रदान गरेको सहयोग समितिका सचिव मनकुमार गदाल र संयोजक सम्झना तामाङ्ग द्धारा जारी प्रेस विज्ञप्तमा उल्लेख छ ।
चार बर्षदेखी (शरिर नचल्ने) प्यारालाईसेस भएर ओच्छायनमा थलिएका शन बहादुरको उपचारका लागि बचाउ अभियानको सहयोग संकलन जारी रहने कार्यक्रममा बोल्दै समितिका संयोजक सम्झना तामाङ्गले बताइन् । वौद्ध गुम्वा दमक ९का अध्यक्ष पदम बहादुर तामाङ्गले भविष्यमा पनि शन बहादुरको लागि सहयोग जुटान लागी पर्ने बताए ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता