दमक देखी चिसापानी पञ्चमी सम्मकाे पैदल-यात्राकाे तयारी

दमक/झापाको दमक देखी पाँचथर र इलामको संगमस्थल चिसापानी पञ्चमी सम्म पैदल-यात्रा गरिने भएको छ ।

होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समिति दमकको आयोजनामा यहि मंसिर २५ र २६ गते (दुई दिन) पैदल यात्रा गरिने भएको हो ।

दुई दिने पैदल-यात्राको उदेश्य र तयारीका बारे हाेटल व्यवसायी संघ माई-पश्चिम क्षेत्रीय समिति दमकले जानकारी गराएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उदेश्य सहित दमक देखी पाँचथर, इलाम सम्मका पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्दै नयाँ पर्यटकहरुको संख्यामा बृद्धि गर्न पैदल यात्रा कार्यक्रम गरिएको होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष राजन दंगालले जानकारी दिए ।

अध्यक्ष दंगालका अनसार मंसिर २५ २६ गते दमकदेखी इलामको माङसेबुङबाट पाँचथरको चिसापानी पञ्चमी सम्म पैदल-यात्रा गरिन लागिएको हो । सो यात्राका क्रममा बिभिन्न स्थानहरुमा हुने सक्षिप्त अन्तरक्रिया कार्यक्रम सहित स्थानीयवासीहरु सँग कृषि उपज र व्यवसायीकरणहरुका बारेमा समेत छलफल गरिने बताए ।

दमक क्षेत्रको पर्यटनमा सघाउ पुर्याउने लक्ष्य सहित पहिलो पटक सुरु गर्न लागिएको दमक-पेरुङे–पञ्चमी पैदलयात्रालाई सफल बनाउन विभिन्न संघ संस्थाहरुबाट सहयोग भइरहेको अध्यक्ष दंगाले बताए । उनले भने–’हामीले यहाँ रमणिय ठाउँहरुको प्रवद्र्धन गर्न नसक्दा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउन नसकिरहेको अवस्था छ ।’ तर, यो पैदल-यात्राले एउटा पर्यटकीय गन्तव्य निर्माण गरी त्यस क्षेत्रको रमणिय दृष्यहरुलाई व्यवसायी रुपमा अघि बढाउन सक्नेछौं ।

कार्यक्रममा भिजिट नेपाल २०२० का प्रदेश नं १ का सचिवालय सदस्य रविन गौतमले पूर्वको दमक राजनीतिक दृष्टिकोणले, नेतृत्व लगायत अन्य पाटोबाट अग्रणी स्थानमा रहे पनि पर्यटन व्यवसाय विकासका रुपमा त्यति विकास गर्न नसकेको देखिन्थ्यो तर पैदल-यात्राको आयोजना गरेर दमक क्षेत्रको पर्यटन व्यवसायमा समेत अघि बढिरहेको बताए ।

पैदल-यात्रालाई सफल र व्यवस्थित बनाउनका लागि विभिन्न स्थानहरुमा स्वयमसेवक परिचालन गरिने माङसेबुङ गाउँपालिका वडा नं ६ का अध्यक्ष प्रदिप राईले बताए । उनेले भने–’यस पैदल-यात्रालाई सफल बनाउन विभिन्न स्थानहरुका संघसंस्थाहरुसँग समन्वय गरिरहेका छौ र व्यवस्थित गर्नका लागि स्वयमसेवक खटाउने तयारी भइरहको छ ।’

पैदल-यात्राको मार्ग चुलाचुली गाउँपालि वडा नं ५ हुदै माङसेबुङ ४ को केही भाग र पाङरीझ्याल भन्ने ठाउँबाट बाँकि सबै मार्ग माङसेबुङ वडा नं ६ मा पर्ने भएकोले यसको प्रत्यक्ष फाइदा माङसेबुङ बासीलाई हुनेछ ।

आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य राखिएको पदयात्रा मंसिर २५ गते दमकबाट बिहान ५ः३० बजे प्रस्तान गर्ने भएको छ । दमकदेखि फुइके हुदै पुरानो बाटो पेरुङेको चेपारो बाटोलाई पदयात्राको मार्गको रुपमा लिइएको छ ।

बिहान दमकबाट प्रस्तान गरी फुइकेमा चिया-नास्ता खाने तालिका बनेको छ । फुइकेदेखी निकै पुरानो बाटोलाई ताजकि बनाउन पहिलो पटक यस कार्यक्रमको आयोजना गरिएको हो । फुइकेबाट फड्के, पिडिबास, दोभाने हुदै पेरुङे पुगिनेछ । जब पेरुङे पुगिन्छ, त्यहाँदेखि मावा खोलालाई छोडेर पुरै चेपारो बाटो तय हुन्छ ।

त्यहादेखि पाङग्रीझ्याल, एक्लेचुली, मगर विसौनी, ओडारे, जरा विसाउने, करमबोटे हुदै दिनको १२ बजे कुसुन्डेमा पदयात्राको टोलि पुग्नेछ । कुसुन्डेमा खाना खाने तालिका रहेको जहाँ ३० मिनेटको समय थकाइ मारिने छ ।

खाना खाइसकेपश्चात पुनः यात्रा तारेभीर, अमले, टोड्के, थाक्रेवर हुदै बाँझोगाउँ पुगिन्छ । जहाँ जसमनि धर्मवलम्बीहरुको आस्थाको धरोहर मन्दिरको दर्शन गर्न सकिनेछ । त्यपछि जसमनी, सुकेआहालहुदै रमिते पुगिन्छ । जुन स्थानमा तेह्रथुम, पाँचथर, इलामका भरियाहरुको छुटिने स्थान पनि हो ।

त्यसपछि, भने यात्रा चिसोपानी पञ्चमीतिर मोडिनेछ । रमितेदेखि गैरिटार, किवाखोर भएर चिसोपानी पञ्चमी बजार पुग्न सकिन्छ ।

Facebook Comments Box

                     

अरुपनि