दमकका २ युवाकाे महाकाली मेची पैदलयात्रा सुरु

दमक / दमकका २ युवाले अाज बाट महाकाली मेचीकाे पाैदल यात्रा महाकाली जिल्लाकाे सिमा बाट सुरुगरेका छन् ।

महाकाली भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले पैदल यात्री झापाका सुरेश उप्रेती र खगेन्द्र निराैलालाई खादा र अबिरले सम्मान गर्दै पश्चिम महाकालीकाे सिमा नाकाबाट
महाकाली मेचीकाे पाैदल यात्राकाे शुभारम्भ गरिएकाे छ ।

मेचीनगर ६ घर भई हाल दमकमा बस्दै अाएका ४१ वर्षिया सुरेश उप्रेती यस अघि पनि दमक देखी ताप्लेजुङको पाथिभरा मन्दिर सम्म ३ पटक पैदल यात्रा गरिसकेका छन् भने जम्मुकस्मीरको करिब ७५ किलोमिटरको अमनाथ यात्राको समेत अनुभव लिसकेका छन् ।
त्यसै गरि दमक बहुमुखी क्याम्पसका विद्यार्थी समेत रहेका २१ वर्षिया निरौलाकाे भने पदयात्राको पहिलो अनुभव रहेकाे छ ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न सघाँउ पुरयाँउने उद्देश्यले अाजबाट सुरु गरिएकाे महाकाली – मेची सम्मको करिब १ हजार ३१ किलोमिटरकाे लामाे दुरीकाे पैदल यात्रा ३० दिनमा पूरा गर्ने उदेश्य रहेकाे पैदल यात्री उप्रेतीले जनाएका छन् ।

पैदल यात्रीहरुलाई महाकालीकाे नाकामा एक कार्यक्रमका बिच भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट राष्ट्रिय सरसफाई अभियन्ता केपी खनाल, प्रेस सङगठन कन्चनपुरका सङयोजक कर्ण बहादुर चन्द, नेपाल पत्रकार महासङ्घ कन्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, सुदूरपश्चिमान्चल बिश्वबिद्धालयका उप प्राध्यपक राजेन्द्र जोशी, समाजसेवी शिक्षक उत्तम बिष्ट, बिद्यार्थी नेता ओम बस्नेत लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले स्वागत र यात्रा सफलताकाे शुभकामना दिएका थिए ।

Facebook Comments Box

                     

अरुपनि