गायक राज लिम्बूकाे ‘हाउ लुङ्वा’ बजारमा

गोबिन ल्वागुन
दमक / झापा शिबसताक्षी ७ फाक्तेपका गायक राज लिम्बूले आफ्नो दोस्रो म्युजिक भिडियो ‘हाउ लुङ्वा’ बजारमा ल्याएका छन ।
यससघि यौनिक तथा अल्पसंख्यक समुदायप्रति समर्पित गीत ‘बुझिदेऊ’ बाट चर्चा कमाएका गायक लिम्बूको यो दोस्रो म्युजिक भिडियो हो । गीतमा नेपालको पूर्वी भागमा बसोबास गर्ने लिम्बु समुदायको चलन र संस्कारमा रहेको धाननाच र पालामकोे वर्णनलाई फ्युजन गरिएको छ ।


गायक लिम्बु हाल रोजगारीको सिलसिलामा इजरायलमा बसोबास गर्दै आएका छन । बाल्यकाल देखि नै गित संगित प्रति रुची भएका लिम्बु बिद्यार्थी अवस्था देखिनै स्कुलका कार्यक्रममा बिभिन्न श्रष्टाको गित गाउदै आएको र सो इच्छा अहिले आएर पुरा गरेको बताउछन । आफु प्रबासमा रहे पनि आफ्नो देशको गित संगित बाट कहिलै टाडा नरहेको उनको भनाई छ । पछिल्लो समय लिम्बु जातीहरुको संस्कार संस्कृति लोप हुदै गइरहेको अवस्थामा गित संगितको मध्यमबाट भए पनि आफ्नो मौलिक संस्कृतिको जगेडना र प्रचारको लागी यस्तो गित गाएको र आगमी दिनमा पनि गित संगितलाई निरन्तरता दिने गयक लिम्बु बताउछन ।


यस गीतमा स्वर, शब्द र संगीत गायक राजको रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन भने म्युजिक भिडियोमा रुकमान लिम्बू र प्रिया लिम्बूको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेको म्युजिक भिडियोको भुपेन्द्र तुम्बाहाङ्फेको छायाँकन तथा निर्देशन रहेको छ ।सो म्यजिक भिडियो गायक राज लिम्बूको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Facebook Comments Box

                     

अरुपनि