लैंगिक हिंसा विरुद्ध लिड नेपालकाे सडक नाटक

दमक / दमक नगरपालिकाको सहयोगमा संचालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे १० अाै श्रीङ्खलामा अाज दमक चाेकमा लिड नेपाल नामक सस्थाले सडक नाटक कार्यक्रम गरेकाे छ ।

समलिङ्गीहरुकाे हक अधिकार सुनिश्चित गर्नका लागि बिगत ९ बर्ष अघि स्थापना गरकाे साे सस्थाले अाज झापाकाे दमकमा महिला हिन्सा बिरुद्धकाे १६ दिने अभियानकाे १० श्रीङ्खला प्रस्तुत गरेकाे छ । साे कार्यक्रममा १३ जना कलाकारहरुले नृत्य र समलिङ्गीका जिवनमा घटेका घटनाहरुलाई सडक नाटकका रुपमा प्रस्तुत गरेकाे थियाे ।

कार्यक्रममा २ बर्ष अघि बिवाह बन्धनमा बाधिएका पुरुष समलिङ्गी अनुभव दर्जी र रुपक गिरिकाे जिवनमा घटेकाे घटनालाई प्रस्तुत गरिएकाे थियाे ।

नाटकमा रुपक र अनुभवकाे बिवाह भए पछि अाफ्ना परिवार, अाफन्तले बहिस्कार गरेपछि उनिहरुले घर छाेड्नु परेकाे र काेठाभाडामा बस्दा पनि समलिङ्गी बिवाह गरेकाे थाहापाए पछि घर साहुले काेठाबाटै निकालि दिएकाे जस्ता पिडाहरु प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा तेस्राे लिङ्गी महिलाहरुकाे पिडालाई मध्यनजर गर्दै समाजिक बिकृती बिसंगतिहरुलाई न्युनिकरण गर्ने उदेश्यले याे कार्यक्रम गरिएकाे र बिशेष गरि समलिङ्गी महिलाहरु बिवाह पछि परिवार बाट अपहेलित हुने गरेकाेले उनिहरुकाे बिकल्पमा देहब्यपार जस्ता विभिन्न कृयाकलाप गर्न बाध्य हुने र याे कार्यले याेन राेग एच अाई भी एड्स जस्ता घातक राेगका सिकार बन्न बाट राेक्नका लागि
साे सचेतना कार्यक्रम गरिएकाे लिड नेपालका अध्यक्ष सुशील शर्माले बताए ।

Facebook Comments Box

                     

अरुपनि