भर्खरै बागलुङमा जिप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

बाग्लुङ / गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा ग म्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।

Facebook Comments Box

                     

अरुपनि