दमक-लखनपुर भेट्रान क्लब द्धारा ५ अाैं स्व.मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता

दमक/ दमक लखनपुर भेट्रान क्लबकाे आयोजनामा मंसिर १५ देखी १८ गते सम्म राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो ।

झापाको कमल गाउँपालिकाको पाडाजुङ्गी स्थित गुहेश्वरी माध्यमिक बिद्यालयको खेल मैदानमा राष्ट्रिय स्तरको स्व.मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार, दमकस्थित पत्रकार मञ्चको कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा आयोजक दमक लखनपुर भेट्रान क्लबले प्रतियोगिता सञ्चालन बारे जानकारी दिएको छ ।

कुल ८ वटा भेट्रान क्लबहरुबीच प्रतियोगिता हुन लागेको आयोजक समिति दमक लखनपुर भेट्रान क्लबका अध्यक्ष भोजकुमार राईले जानकारी दिए । उनले खेलमा बिजेताले नगद १ लाख ५ हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पार्ने छ भने उपबिजेताले नगद ५१ हजार सहित प्रमाणपत्र, मेडल र ट्रफी पाउने बताए ।

त्यस्तैं, प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृट गोल् किपर, डिफिन्डर, फरवार्ड लगायतका शिर्षकमा समेत नगद तथा ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष राईले बताए ।

सहआयोजक कमल गाउँपालिका खेलकुद विकास समितिको रहने प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका प्रमुख मेनुका पोख्रेलले गर्ने आयोजकले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष भोजकुमार राईको अध्यक्षता र उपाध्यक्ष खड्क राईले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा प्रतियोगिता मुल आयोजक समितिका संयोजक मिन मगरले राष्ट्रिय स्तकार भेट्रान क्लबहरुले सहभागिता जनाउने अन्तिम टुङ्गो लागिसकेको बताए ।

संयोजक मगरका अनुसार काकारभिट्टा भेट्रान क्लब, चन्द्रगढी भेट्रान क्लब, दमक लखनपुर भेट्रान क्लब, एभरेष्ट भेट्रान क्लब मोरङ, धरान भेट्रान क्लब सुनसरी, युनाइटेड भेट्रान क्लब बिराटनगर, बिर्तामोड भेट्रान क्लब, हाम्रो भेट्रान क्लब इटहरीले प्रतियोगितामा सहभागिता जनाउने छ ।

दमक लखनपुर भेट्रान क्लबले २०७१ सालदेखी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । यसबीचमा, आयोजक दमक लखनपुर भेट्रान क्लबले गुहेश्वरी माध्यमिक बिद्यालयका खेल मैदानमा राष्ट्र र अन्तराष्ट्रिय स्तरका खेल प्रतियोगितिा सम्पन्न गरिसकेको छ । भारत, बङ्गलादेश र भुटानबाट समेत भेट्रान क्लबहरुले सहभागिता जनाईसकेको आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक कुमार गिरी, प्रचार प्रसार समितिका संयोजक कृष्ण कार्की, गोर्खा स्पोटिङ क्लब दमकका प्रतिनिधि देउमान (भाइचुङ) लिम्बु लगायत आयोजक क्बलका पदाधिकारी र सदस्यहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव लालबहादुर विष्टले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि