दोमुखामा २ करोड ५० लाख बजेट बिनियोजन
दमक । झापाको शिवसताक्षी स्थित दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासको लागी २ करोड ५० लाख बजेट बिनियोजन भएको छ ।
शिबसतक्षी १० स्थीत दोमुखा धार्मिक पर्यटकीय क्षेत्रको नबौ बार्षिक साधरण सभा तथा चिल्ड्रेन पार्कको उद्घाटन कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । दोमुखा धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकास र प्रर्बधनको लागी तिनै तहको सरकारले काम गरिरहेको र यसको दिगो बिकासको लागी २ करोड ५० लाख बिनियोजन गरिएकोले भोइसकेकोले अब बिकासले गतिलिने झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवाले बताउनुभयो । यस क्षेत्रमा बर्षिक झण्डै १५ लाख पर्यटकले अवलोकन गर्ने गरेको दोमुखा धार्मिक पर्यटकीय क्षेत्र बिकास समितिका अध्यक्ष धनकुमार लावतीले जानकारी दिनुभयो ।
पुर्ब पश्चिम राजमार्गको माइधार देखि ६ किलोमिटर उत्तर तर्फ रहेको दोमुखा धार्मिक पर्यटकिय बिकास क्षेत्र कनकाई नहर सिंचाई आयोजना साथै प्राकृतिक रुपले समेत रमणिय रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि निर्माण गरिएकोे चिल्ड्रेन पार्क सम्पन्न भएको छ सो पार्क नगरपालीका बाट ५० लाख र प्रदेश सरकार बाट ५० लाख गरि जम्मा १करोडरुपैयाको लागतमा सम्पन्न भएको हो ।त्यसै गरि संस्थाको नबौ साधरणसभामा ३० लाख ७६ हजार ३ सय ६६ रुपैयाको बार्षिक प्रतिबेदन अध्यक्ष धनकुमार लावतीले प्रस्तुत गर्नु भएको थियो ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता